काठमाडौँ – सुरक्षाका दृष्टिले मुलुकको बैंकिङ प्रणाली नाजुक अवस्थामा रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । साइबर सुरक्षाबारे काम गर्ने नेपाली कम्पनी थ्रेटनिक्सको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाका कर्मचारीले प्रयोग गरिरहेका करिब ३३ सयवटा इमेल तिनको पासवर्डसहित डाउनलोड गर्न मिल्ने अवस्थामा छन् ।
कम्पनीले सन् २०१८ भरि नेपालको साइबर सुरक्षाको अवस्था समेटेर तयार पारेको प्रतिवेदनमा बैंकिङ प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।
प्रतिवेदन तयार पार्ने क्रममा गरिएको अध्ययनमा डाउनलोड गर्न मिल्ने अवस्थामा ८ हजार ३७८ डट एनपी डोमेनमा दर्ता भएका इमेल विश्लेषण गरिएको थियो । अध्ययनअनुसार यी सबै इमेल पासवर्डसमेत डाउनलोड गर्न मिल्ने अवस्थाका थिए । यीमध्ये ३३ सय इमेल नेपालका विभिन्न बैंकको भएको प्रतिवेदनमा उल्लेख छ ।
‘सार्वजनिक अवस्थामा रहेका बैंकका इमेल र पासवर्डको विश्लेषण गर्दा कुनै पनि बलियो देखिएनन्,’ प्रतिवेदनमा छ, ‘पासवर्डका रूपमा नाम, फोन नम्बर, ठाउँको नाम र १२३४५६ जस्ता शब्द थिए ।’ सन् २०१८ मा सार्वजनिक थ्रेटनिक्सको अर्को प्रतिवेदनअनुसार नेपालका बैंक तथा भुक्तानी सेवा प्रदायकको प्रणालीवेब एप्लिकेसन्सहरू पनि सुरक्षाकाहिसाबले निकै कमजोर छन् । याे खबर कान्तिपुर दैनिकमा छ ।




प्रतिक्रिया