बैंक तथा वित्तीय संस्था पनि आइतबार बिदा हुने

बैंक तथा वित्तीय संस्था पनि आइतबार बिदा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अब बैंक तथा वित्तीय संस्थाहरू पनि हप्तामा दुई दिन बिदा हुने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै जेठ १ देखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरू, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेड पत्र पठाउँदै यसबारे जानकारी दिएको हो ।

राष्ट्र बैंकले सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० बजेदेखि अपरान्ह ५ः३० बजेसम्म हुने जनाएको छ । यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ः३० बजेदेखि अपरान्ह ४ः३० बजेसम्म हुने राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, ०७९ सालको लागि निर्धारण गरिएको दसैं र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि अत्यावश्यकीय बैंकिङ सेवालाई नियमित गर्न आवश्यकता अनुसार कर्मचारी खटाई आवश्यक सेवा, राजश्व कारोबार गर्ने शाखा काउन्टरहरू एवम् बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरहरू र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

साथै, सेवाग्राहीले एकैदिन सम्पन्न हुने सेवाका लागि थप अर्को साता कार्यालय आउने अवस्था सिर्जना हुन नदिने सुनिश्चितता गरी व्यवस्थापन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।