बैंकसंग छैन लगानी गर्ने रकम

बैंकसंग छैन लगानी गर्ने रकम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कर्जाको बढ्दो मागको तुलनामा बैंकले पर्याप्त निक्षेप संकलन गर्न नसक्दा लगानीयोग्य पुँजी अभाव हुन थालेको छ।  यसको प्रत्यक्ष असर बैंकको कर्जा, निक्षेप तथा पुँजी अनुपात (सीडीसी)मा दबाब देखिएको छ।

‘मंगलबारसम्म १० भन्दा बढी बैंकको सीडीसी अनुपात ८० प्रतिशतभन्दा बढी छ’, नेपाल राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यद्यपि वाणिज्य बैंकहरूको औसत सीडीसी निर्देशित सीमाभित्रै छ।’

असोजको अन्तिम साता दशैँबीचमा पनि निक्षेप र रेमिट्यान्स आप्रवाह बढेकाले अबका केही दिन तरलता सहज हुने उनले बताए। राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकले अधिकतम ८० प्रतिशत सीडीसी अनुपात कायम गर्नुपर्छ। यसको अर्थ बैंकले संकलन गरेको कुल निक्षेप (प्राथमिक पुँजीसमेत गरी) को बढीमा ८० प्रतिशत मात्र ऋण प्रवाह गर्न पाउँछन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।