नेपालको बैंक नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का (सूचनासहित)

नेपालको बैंक नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का (सूचनासहित)

मिन्टिङ एण्ड प्रिन्टिङ कर्पोरेशनले एक हजार दरका ४३ करोड थान नोट छाप्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनको एक कम्पनीले नेपालको बैंक नोट छाप्ने ठेक्का पाएको छ। बैंक नोट छपाइ गर्न मिन्टिङ एण्ड प्रिन्टिङ कर्पोरेशनले ठेक्का पाएको हो । यो चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाको सहायक कम्पनी हो।

नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोडनयाँ नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ। यसका लागि राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो। सम्झौताअनुसार उक्त कम्पनीले १ करोड ६९ लाख ८५ हजार डलरमा नोट छाप्नेछ।

बैंकले ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्न ठेक्का दिएको छ । यसअनुसार एक हजार दरको नोट छाप्न अहिलेको विनिमय दर अनुसार ५ रुपैयाँ ५६ पैसा लाग्ने देखिएको छ । यस अन्तर्गत १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाई हुनेछ ।

हाल छापिन लागेको एक हजारका ४३ करोड नोटले करिब सवा तीन वर्षको माग धान्ने राष्ट्र बैंकले जनाएको छ । यसअघि पनि राष्ट्र बैंकले चिनियाँ बैंक नोट प्रिन्टिङ एन्ट मेन्टिङ कम्पनीबाट हजारका नोट छापेको थियो।

सो समय डलरसँगको विनिमय दर करिब एक सय आठ रूपैयाँ रहँदा प्रतिनोट छपाइको लागत तीन रूपैयाँ ३७ पैसा थियो।

तोकिएको समयमा बोलपत्रमा सहभागी भएका सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाता मध्येबाट उक्त छनोट गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।