बैंक अफ काठमाण्डूका पूर्वसीईओ श्रेष्ठलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

बैंक अफ काठमाण्डूका पूर्वसीईओ श्रेष्ठलाई १ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतले बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत (पूर्वसीईओ) अजय श्रेष्ठलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले थुनामा पठाउने आदेश दिएपछि त्यसविरुद्ध सर्वोच्च गएका श्रेष्ठसहित पूर्वकर्मचारी किरणकुमार बोहरालाई १/१ करोड रुपैयाँ धरौटीमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो ।

आइतबार सर्वोच्चमा न्यायाधीशहरु सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलासले थुनामा राखेर मुद्दा पुर्पक्ष गर्ने भन्ने उच्च अदालतको आदेश बदर गर्दै १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा उनीहरु पक्राउ परेका थिए ।