कर्जा हिनामिना गर्ने बैंक अफ काठमाण्डूका पूर्वसिइओसहित ११ जना पक्राउ

कर्जा हिनामिना गर्ने बैंक अफ काठमाण्डूका पूर्वसिइओसहित ११ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कर्जा हिनामिना गरेको आरोपमा प्रहरीले बैंक अफ काठमाण्डूका पूर्वसिइओसहित ११ जनालाई पक्राउ गरेको छ । नक्कली जग्गाधनी प्रमाणपत्र पूर्जा राखेर बैंकबाट पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरेको आरोप लागेका बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसहित ११ जनालाई शुक्रबार राजधानीका विभिन्न स्थानबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा श्रेष्ठसहित बैंकका कर्मचारी किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा शाह, पुष्पराज भण्डारी, विक्रम पन्त र ऋणी सुरेन्द्र श्रेष्ठलगायत बाँकी ऋणीहरु रहेका ब्युरो प्रमुख निरजबहादुर शाहीले जानकारी दिए ।

दुई महिनाअघि श्रेष्ठसहित कर्मचारीको मिलेमतोमा नक्कली जग्गा धनी प्रमाणपत्र राखेर सुरेन्द्र श्रेष्ठको नाममा पाँच करोड कर्जा निष्कासन भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।