बैंकको नाफा ६५ अर्ब ३९ करोड

बैंकको नाफा ६५ अर्ब ३९ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं – २८ वाणिज्य बैंकले आव २०७५/७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। ०७४/७५ को तुलनामा बैंकहरुको खुद नाफा २४.५८ प्रतिशतले बढेको हो। २०७४/७५ मा बैंकहरुले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए। ०७४/७५ को तुलनामा तीन बैंकको नाफा घटेको छ भने बाँकी २५ बैंकले नाफा बढाएको छ।

कर्जा लगानी गर्न रकम अभाव हुँदाहुँदै पनि नाफमा उल्लेख्य वृद्धि भएको छ। आव २०७५/७६ मा वाणिज्य बैंकको औसत निक्षेप दर ६.५८ प्रतिशत र कर्जामा ब्याजदर १२.३१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। याे समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।