काठमाडौं – बैंकका कर्मचारी समेतको मिलेमतोमा १९ वटा बैंकबाट रकम चोरी भएको छ । नक्कली चेक बनाएर विभिन्न बैंकबाट रकम चोरी भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चोरीमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बैंकका कर्मचारी समेत रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकरी दिए ।
’विभिन्न बैकको नक्कली कागजपत्र बनाएर रकम झिकिएको छ । थप अनुसन्धान गरिरहेका छौँ । केही समयपछि सार्वजनिक गर्छौं,’ डिएसपी बोगटीले भने ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बैंकबाट २० लाख रुपैयाँभन्दा बढी रकम निकालिएको देखिएको छ । बुधबार प्रहरीले घटना सार्वजनिक गर्दैछ ।




प्रतिक्रिया