काठमाण्डु – लुम्बिनी प्रदेशको बाँके जिल्लामा मात्रै पछिल्लो २४ घण्टामा ७ संक्रमितको मृत्यु भएको छ । ७ मध्ये सबैभन्दा पछि ज्यान गुमाउनेमा नेपालगन्जस्थित भेरी अस्पताल उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१० का ६१ वर्षीय पुरुष रहेका छन् । उनको शनिबार बिहान मृत्यु भएको बाँके जिल्ला जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
यसबाहेक जानकी गाउँपालिका–१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष, वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पुरुष शुक्रबार बिहान मृत्यु भएको थियो ।
राजापुर नगरपालिका–९ बर्दिया निवासी ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ निवासी ६५ वर्षीय पुरुषको दिउँसो मृत्यु भयो । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–८ त्रिभुवनचोक निवासी ३५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको थियो ।




प्रतिक्रिया