बाँके – पुर्व मन्त्री मोहम्मद इश्तियाक राईलाई हराउंदै बाँके क्षेत्र नम्बर २ बाट डा. धवल शमशेर जबरा विजयी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेवार राणाले २९ हजार ५ सय ७७ मत ल्याउंदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का राईले २३ हजार ५ सय २० मत पाए । नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले भने ४ हजार ४ सय ३ मत पाए ।




प्रतिक्रिया