पांच हजार थान अक्सिजन सिलिण्डर खरिद गर्न सांसद राईले गरे ५० लाख सहयोग

पांच हजार थान अक्सिजन सिलिण्डर खरिद गर्न सांसद राईले गरे ५० लाख सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बांके– पुर्व मन्त्री एवंम् जसपाका वरिष्ठ नेता इस्तियाक राईले पांच हजार थान अक्सिजन सिलिण्डर उपलब्ध गराउने घोषणा गरेका छन् । बांकेमा कोरोना संक्रमणका कारण संयौं विरामी अस्पताल भर्ना भइरहेको बेला राईले भेरी अस्पताललाई ५० लाख बरावरको पांच हजार थान अक्सिजन सिलिण्डर उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन् ।

बांके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका पुर्व शहरी विकासमन्त्री राईले आफ्नो निर्वाचन क्षेत्र विकास कोषबाट रकमान्तर हुने गरी ५ हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउन लागेका हुन । उनले पहिला उक्त रकम बाटो र विभिन्न धार्मीक संस्थाका लागी विनियोजना भएकोमा अहिले कोभिडका कारण विरामी बढेकाले रकमान्तर गर्ने निर्णय गरेको जानकारी दिए ।

बांके कारोना संक्रमणका कारणले एक दर्जनले ज्यान गुमाउनुका साथै संयौ सर्वसाधारण अस्पताल भर्ना भएका छन् । संक्रमितको संख्या बढेपछि बांकेमा स्रोत साधनको अभावमा उपचार गर्न कठिनाई भइरहेको छ । अस्पतालमा अक्सिजनको समेत अभाव भएको समाचार प्रकाशित भएको थियो । यसअघि सांसद राईले डेढ करोड रुपैयां भेरी अस्पतालमा भेन्टिलेटर खरिदका लागी रकम विनियोजित गरेपनि उक्त रकम स्थानीय निकायले काम नगर्दा फ्रिज भएको थियो ।