बालकृष्ण खाँडले पाए कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

बालकृष्ण खाँडले पाए कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री बालकृष्ण खाँडले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवा बेलायत भ्रमणमा गएपछि खाँडलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी हुन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले खाँडलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।