वंशजका आधारमा नागरिकता दिने सरकारको निर्णयको स्वागत

वंशजका आधारमा नागरिकता दिने सरकारको निर्णयको स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकको सन्तानलाई वंशजका आधारमा नागरिकता दिने सरकारको निर्णय सकारात्मक रहेको भन्दै तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)ले त्यसको स्वागत गरेको छ ।

यसअघि कानूनको अभावमा जन्मका आधारमा नागरिकता प्राप्त व्यक्तिका सन्तानले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नसकेको उल्लेख गर्दै सञ्जालले नागरिकताको अभावमा उनीहरुले उच्च शिक्षा, रोजगारलगायत राज्यबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित हुन बाध्य भएको जनाएको छ ।

नागरिकता प्राप्तिमा विभिन्न बाधा अड्चनबाट प्रभावित व्यक्तिको हकमा थर्ड एलायन्सले निरन्तर बहस, पैरवी वकालत र कानूनी व्यवस्थाको लागि निरन्तर वकालत गर्दै आएको सञ्जालले जनाएको छ ।