प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आजदेखि नेपाल बार आन्दोलनमा

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आजदेखि नेपाल बार आन्दोलनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाल बार एशोसिएसन आजदेखि आन्दोलनमा उत्रने भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो ।

‘बैशाख १७ गतेबाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संवैधानिक परिषद्‌ प्रमुख र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानको थालनी गरिएको’ महासचिव अधिवक्ता अन्जिता खनालले जानकारी दिएकी छिन् ।

स्वतन्त्र न्यायापालिकाको रक्षा गरौं, न्यायलयभित्रको भ्रष्टचार, विकृत, विसंगती अन्त्य गर, पुर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू गर, प्रधानन्यायाधीश नियुक्ति अबिलम्ब गर, संवैधानिक परिषद्‌को बैठक अबिलम्ब बोलाउ, सुनवाई समिति गठन गर भन्ने मागसहित बार आन्दोलनमा उत्रेको हो ।

देशैभरी आन्दोलन गर्नका लागि केन्द्रीय बारले माताहातका समितिहरूलाई निर्देशनसमेत दिएको छ ।