प्रधानन्यायाधीश प्रकरणः बार एसोसियसनद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

प्रधानन्यायाधीश प्रकरणः बार एसोसियसनद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल बार एसोसियसनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार बसेको बारको बैठकले विभिन्न विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

बैठकले विरोधस्वरुप हातमा कालोपट्टि बाँध्ने, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आफूबाहेकको बेन्च बस्न आग्रह गर्ने निर्णय गरेको बारका केन्द्रीय सदस्य बालकृष्ण गैरेले जानकारी दिए ।

त्यस्तै बारले प्रधानन्यायाधीश जबराबिनाको इजलास गठन गरेर मुद्दाको सुनुवाई अगाडि बढाउन माग गरेको छ । बैठकमा सर्वोच्च अदालत बार, उच्च अदालत पाटन बार, ललितपुर इकाइ र काठमाण्डु बारका पदाधिकारीहरु सहभागी थिए ।