काठमाण्डु – सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसद भण्डारीमाथि होच्याउन प्रयोग गरेको शब्दप्रति आपत्ति जनाएको छ ।
एशोसिएसनका सचिव ऋषिराम घिमिरले जारी गरेको विज्ञप्तिमा भण्डारीमाथि प्रयोग गरेको उक्त शब्द न्यायापािलकाको स्वतन्त्रमाथि आक्रमण गरेको निष्कर्ष निकालेको छ ।
‘प्रधानमन्त्रीले सिंगो न्यायपालिका तथा कानून व्यवसायी माथिको मूल्य र मान्यतामाथि नै प्रहार गरी दिएको अभिव्यक्तिप्रति सर्वोच्च अदालत बार एशोसिएसन घोर भत्र्सना गर्दछ । उच्च राजनीतिक ओहदामा रहेका व्यक्तिबाट न्यायपालिकाको सम्मान र कानून व्यवसायीको पेशागत मर्यादा विपरित आएको यस्तो अभिव्यक्ति स्वीकार्य हुँदैन’, विज्ञप्तिमा भनिएको छ ।
अबका दिनमा यस्ता अभिव्यक्ति नदोहोर्याउन आह्वान गर्दै अब उप्रान्त दोहोरिएमा सर्वोच्च अदालत बार एशोसिएसनले कडा विरोधका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ ।
‘न्यायालयमा विचाराधीन मुद्दाका सन्र्दभमा आफूले चाहेजस्तो आदेश आउनुपर्छ भन्ने खालको अभिव्यक्तिहरु सार्वजनिक गरी न्यायालयलाई दबाब नदिन सबैपक्षलाई संयमता अपपनाउन समेत बार आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।





प्रतिक्रिया