काठमाडौँ – कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनमा नयाँ नेतृत्व चयनका शनिबार बिहानदेखि मतदान सुरु भएको छ। शनिबार बिहान ८ बजेदेखि मतदान सुरु भएको निर्वाचन समितिका संयोजक दामोदर खडकाले जानकारी दिए। मतदानबाट बारको २५ औंँ नेतृत्व चयन हुनेछ।
२५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौं बाहिर ३४ मतदान केन्द्र तोकिएको छ।
अध्यक्षमा आठ जना, महिला उपाध्यक्ष, प्रदेश ३ को उपाध्यक्ष एवं महासचिव पदमा तीन–तीन जना र बाँकी छ प्रदेशको उपाध्यक्ष पदमा १४ जना र सदस्यमा ३२ जनाको उम्मेदवारी परेको छ।
काठमाडौं उपत्यकाभित्र सर्वोच्च अदालत, नेपाल बार एसोसिएसन, उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतमा मतदान केन्द्र छन्। देशभरिमा कुल १० हजार ३१३ मतदाता रहेको बार एसोसिएसनमा काठमाडौँ उपत्यकामा छ हजार पाँच सय र बाहिर तीन हजार ८१३ जना सदस्य छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानुन व्यवसायी र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुले प्यानललै बनाएर उम्मेदवारी दिएका छन्।
नेकपा निकट कानुन व्यवसायीको संगठन नेपाल लयर्स एशोसिएसन (एनएलए)को तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले नेपाल बार एशोसिएशनको अध्यक्ष पदमा उम्मेदवार दिएका छन् भने प्रमुख प्रतिपक्ष कांग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्र्याटिक लयर्स एशोशिएसन ९डिलए०को तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेलले अध्यक्ष पदमा उम्मेदवार दिएका छन्।
बारमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, सबै प्रदेशबाट एक–एक जना सहित ८ जना उपाध्यक्ष तथा १४ जना सदस्यका लागि निर्वाचन हुनेछ। २५ सदस्यीय नयाँ नेतृत्वको लागि दुवै पक्षले आ–आफ्नो पक्षबाट उम्मेदवारी दिएका छन।
निर्वाचनमा सत्तारुढ नेकपा निकट कानुन व्यवसायीहरुको संगठन एनएलएले नेपाल बारलाई सवल बनाउने एजेन्डालाई जोड दिएको छ भने काँग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डिएलएले स्वतन्त्र न्यायालय कायम राख्ने एजेन्डालाई अघि सारेको छ।
प्रतिक्रिया