प्रधानन्यायाधीशले राजीनामा नदिए देशभर आन्दोलन गर्ने बारको चेतावनी

प्रधानन्यायाधीशले राजीनामा नदिए देशभर आन्दोलन गर्ने बारको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिए आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल बारको सल्लाहकार समिति र कार्यसमितिको मंगलबार बसेको संयुक्त बैठकले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको हो ।

नेपाल बारका महासचिव लीलामणि पौड्यालले विज्ञप्ति जारी गर्दै राणालाई पद त्याग गर्न आग्रह गरेका छन् । बारको विज्ञप्तिमा न्यायपालिकाको नेतृत्वमा रहेको व्यक्तिलाई भाग दिएको र न्यायाधीशहरूलाई मानपदवी दिएको भन्दै सरकारको समेत आलोचना गरिएको छ ।

प्रधानन्यायाधीश जबराले मंगलवार राजीनामा दिन अस्वीकार गरेका थिए । उनले महाअभियोगको सामना गर्ने तर राजीनामा नदिने अडान लिएका छन् ।

राणालाई महाअभियोग लगाउने विषयमा भने दलहरु मौन छन् । सत्ता पक्षले अहिलेसम्म मुख खोलेको छैन भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राणासहित पांचै जना न्यायाधीशहरुले राजीनामा दिनुपर्ने माग गरेका थिए। राणाले समेत अरु चार जना न्यायाधीशले राजीनामा दिए आफुले पनि मार्गप्रशस्त गर्ने बताएका छन् ।