सिरोहिया पक्राउको विरोधमा बारले निकालेको विज्ञप्तिप्रति उपाध्यक्षसहित ७ सदस्यको आपत्ति

सिरोहिया पक्राउको विरोधमा बारले निकालेको विज्ञप्तिप्रति उपाध्यक्षसहित ७ सदस्यको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाबारे नेपाल बार एसोसिएसनले निकालेको विज्ञप्तिप्रति उपाध्यक्ष, कोषाध्यक्षसहित ७ सदस्यले आपत्ति जनाएका छन् ।

सिरोहियालाई नागरिकता प्रकरणमा पक्राउ गरेपछि बारले निकालेको विज्ञप्तिप्रति बारका उपाध्यक्ष, कोषाध्यक्षसहित ७ सदस्यहरुले गम्भिर आपत्ति भएको जनाएका हुन् ।

उनीहरुले सल्लाहकार समितिको बैठक र उपत्यका बारेको भेला बोलाउन पनि माग गरेका छन् । कुनै पनि विवादमा निर्णय लिन परेमा सल्लाहकार समिति र उपत्यका बारसँग छलफल गर्ने परम्परा रहेको पनि उनीहरुले उल्लेख गरेका छन् ।

बारले जेठ ९ गते पक्राउको विरोधमा विज्ञप्ति जारी गरेको थियो । बारले प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य नहुने बताएको थियो । ‘नागरिकको अभिव्यक्ति स्वतन्त्रता र आलोचनालाई मुखरित गर्ने स्रोतको रूपमा रहेको पत्रकारिता जगतमाथि प्रहार गरिनु लोकतन्त्रमाथिकै प्रहार हो’, बारले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य हुँदैन ।’