बारा २: जनमतबाट शिवचन्द्र र जसपाबाट उपेन्द्र यादव चुनावी मैदानमा उत्रिदैँ, कसले मार्ला बाजी ?

बारा २: जनमतबाट शिवचन्द्र र जसपाबाट उपेन्द्र यादव चुनावी मैदानमा उत्रिदैँ, कसले मार्ला बाजी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै कुसवाहले माओवादी केन्द्र छाडेर जनमत पार्टीमा प्रवेश गरेको बताएका हुन्।

पार्टीभित्र जालझेल गरेर आफूलाई माइनस गरिएकाले जनमत पार्टी रोजेको उनको भनाइ छ । उक्त पत्रकार सम्मेलनमा कुशवाहलाई स्वागत गर्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले कुशवाहलाई बारा २ को उपनिर्वाचनमा उम्मेदवार बनाउने घोषणा गरेका छन् ।

गत मंसिर ४ गते भएको संघीय निर्वाचनमा उनी बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार थिए । तर, उनी तत्कालीन जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए । यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

यता जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पनि बारा २ बाट उपचुनाव लड्ने भएका छन् । अब बारा २ मा जनमतबाट कुशवाह र जसपाबाट उपेन्द्र यादवबीच भिड्न्त हुने भएको छ । सीके राउतले भने यसअघि नै उपेन्द्र यादवको आलोचना गर्दै बारा २ मा आफ्नो पार्टीको उम्मेदवार जित्ने दाबी गरेका थिए । आजको पत्रकार सम्मेलनमा कुसवाहले पनि उपेन्द्र यादवले चुनाव लडे उनलाई हराउने बताएका छन् ।