बारा – बारामा गोली चल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक शिवपुजन यादव रहेको प्रहरी जनाएको छ । यादवलाई शुक्रबार साँझ साढे ५ बजे महागढीमाई नगरपालिका–२ भुतही पुलमा गोली प्रहार भएको हो ।
मृतक यादव भारतको मोतिहारी छौडादानोका स्थानिय हुन् । उनको एलएस न्युरो अस्पताल परिवानीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
मृतक यादव समेत अपराधिक पृष्ठभुमि भएका व्यक्ति हुन् । उनीमाथि भारतीय नम्बरको मोटरसाइकलमा सवार तीन जनाले गोली प्रहार गरेका हुन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया