बारामा आमाछोराको हत्या

बारामा आमाछोराको हत्या


काठमाण्डु – बाराको परवानीपुरमा आमाछोराको हत्या भएको छ। घटनामा ससुराबुहारी गम्भीर घाइते भएका छन्।

परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा गएराति अज्ञात व्यक्तिको आक्रमणबाट ४६ वर्षीया सुमित्रा देवी र उनका छोरा ३० वर्षीय रामेश्वर मण्डलको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार आक्रमणमा परेर मृतक महिलाका पति ५० वर्षीय जगरुप र बुहारी २८ वर्षीय मनिता देवी गम्भीर घाइते भएका छन्।

उनीहरूको वीरगन्जको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।

अज्ञात व्यक्तिले धारिलो हतियारले आक्रमण गरेर आमाछोराको हत्या गरेको प्रहरीले जनाएको छ ।

आफ्नै निवासमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले आक्रमण गरेर उनीहरुको हत्या भएको प्रहरीको भनाइ छ । मृतकको शव घरमा नै फेला परेको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए ।