बारा-पर्सामा आंधी हुरीको वितण्डा :ज्यान गुमाउनेमध्ये २५ जनाको सनाखत


बारा – आइतबार राति बारा र पर्सामा हावाहुरीसहित परेको पानीले २७ जनाकाे ज्यान गएकाे छ,। भने दर्जनौं घाइतेकोहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

मृत्यु हुने २७ मध्ये २५ जनाको पहिचान खुलेको छ । २ जनाको पहिचान खुल्न सकेको छैन ।आँधीमा परी बारामा २६ र पर्सामा एक गरी २७ जनाले ज्यान गुमाएका हुन् ।

बाराको इट्टाभट्टामा काम गर्ने तीनजना भारतीय मजदुरको पनि मृत्यु भएको छ । सबैभन्दा धेरै बाराको फेटा गाउँपालिकामा १४ जनाको मृत्यु भएको छ ।घाइतेमध्ये केही उपचार पछि घर फर्किसकेका छन् । अहिले ३ सय ४३ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

जसमध्ये नारायण उपक्षेत्रीय अस्पतालमा ११६, नेसनल मेडिकल कलेज वीरगन्जमा १००, गण्डक अस्पताल वीरगन्जमा २८, वीरगन्ज हेल्थ केयर ३९, एडभान्स अस्पताल वीरगन्जमा २०, कलैया अस्पतालमा ३८ र तराई अस्पताल वीरगन्जमा २ जनाको उपचार भइरहेको छ ।

साँझ हावाहुरीले सडकमा रोकिराखेका करिब २५ वटा बस र ट्रक पल्टाएपछि चैनपुरमा धेरै घाइते भएका हुन्। यस्तै उद्दारका लागि नेपाल प्रहरी अस्पतालबाट ४ जना चिकित्सक सहित ९ जनाको टोली खटिएको गृह मन्त्रालयले जनाएको छ ।

मृतकहरूको नाम र ठेगानाः

प्रतिक्रिया दिनुहोस
Advertisement