बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान


काठमाण्डु – बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ ।

गस्तीमा रहेको प्रहरी टोलीमाथि शनिबार राती गाँजा तस्करले गोली हानेको थियो । त्यसपछि प्रहरीले पनि जवाफी फायरिङ खोलेको हो । ९/१० जनाको संख्यामा रहेका गाँजा तस्करहरुले भक्तलाल खोलामा गोली चलाएको हो ।

 जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले जवाफमा प्रहरीले ५ राउन्ड गोली चलाएको जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिका–६ का ४७ वर्षीय इमानसिंह तामाङलाई पक्राउ गरेर आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । डीएसपी गौतमले घटनास्थलबाट १०२ केजी गाँजा बरामद भएको जानकारी दिए ।