बारामा हावाहुरीको वितण्डा: २२ जनाको मृत्यु, २०० बढी घाइते


काठमाडौं–बाराका कतिपय क्षेत्रमा हावाहुरीले वितण्डा मच्चाएको छ। आइतबार बेलुका आएको हावाहुरीका कारण बारामा कम्तिमा २२ जनाको मृत्यु भएको  र २ सयबढी घाइते भएकाे गृहमन्त्रालय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएकाे छ। यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीट ह्याण्डलमा २५ जनाकाे ज्यान गएकाे र चार सय जना जति घाइते भएकाे उल्लेख छ।

घाइतेहरूको उद्धार कार्य जारी रहेको र उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको स्थानीय प्रशासनले जनाएको छ।बाराको फेटा र पर्वानीपुर गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको छ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले यस अकल्पनीय घटनाको दुख व्यक्त गरेका छन्। ‘ यस आकस्मिक क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्दछु। उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भइसकेका छन्।उद्दारमा गंभीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएको छ,’ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement