फोरमको विजय जुलुसमा गोली चल्यो, चार प्रहरी घाइते

फोरमको विजय जुलुसमा गोली चल्यो, चार प्रहरी घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा– बारामा संघीय समाजवादी फोरमको विजय जुलुस मनाउने क्रममा झडप भएको छ। पचरौता नगरपालिका–२ बेल्दारीमा झडप भएपछि प्रहरीले चार राउण्ड हवाइ फायर गरेको छ।

 

 

विजय जुलुसका क्रममा स्थानीय समूहले अवरोध गरेपछि फोरम कार्यकर्ता र स्थानीयबीच झडप भएको बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए।

 

 

झडपपछि स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि समेत ढुंगामुढा भएपछि प्रहरीले हवाई फायर गरेको प्रहरी उपरीक्षक वैदवारले बताए।

 

झडपमा परी चार प्रहरी घाइते भएका छन् । घाइते हुनेमा एक प्रहरी नायब निरीक्षक र तीन जवान छन् ।