बर्दिबासमा प्रहरीको गोली लागेका युवकको मृत्यु


महोत्तरी – महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका युवककाे मृत्यु भएको छ । हेलिकप्टरबाट काठमाण्डु ल्याइएका बर्दिबास–१ का बुद्धिराज न्यौपाने सञ्जयको  मंगलबार राति पचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो ।

६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका श्याम कार्कीको भने,उपचार भइरहेको छ ।

हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा स्थानीय गुलबसा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो । बालिका दुई दिनदेखि बेपत्ता थिइन् । उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement