बर्दिबासमा पुल भत्कियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बर्दिबासमा पुल भत्कियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – लगातारको भारी वर्षाले महोत्तरीको बर्दिबासस्थित भब्सी नदीको पुल भत्किएको छ। पुल भत्किएपछि पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ। अहिले पुलको दुवै छेउमा ठूलो संख्यामा सवारी साधन रोकिएका छन्। पुल भत्किएपछि सयौँ यात्रु अलपत्र परेका छन्।

केही यात्रु गन्तव्यमा पुग्न जोखिम मोलेर नदी तरिरहेको स्थानीय रमेश महतोले बताए। भत्किएको पुल हेर्न सर्वसाधारणको घुइँचो लागेको छ। जिल्लामा चार दिनदेखि भइरहेको वर्षा अझै रोकिएको छैन।