बाजुरामा कांग्रेसका बद्री पाण्डे निर्वाचित

बाजुरामा कांग्रेसका बद्री पाण्डे निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाजुराबाट नेपाली कांग्रेसका बद्री पाण्डे पतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । एमाले उम्मेदवार कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् ।

पाण्डेले ३१ हजार ७८६ मत पाएका छन् भने थापाले २६ हजार ३४९ मत ल्याएका छन् । यससँगै बाजुरामा संघ र प्रदेश गरी तीन वटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेससभा (१) मा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही र (२)मा कांग्रेसका पदमबहादुर शाही निवाचित भए ।