बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि बेपत्ता

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना युवक सम्पर्कविहीन भएका छन् । फागुन २३ गते बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ गएका उनीहरु ९ दिनदेखि सम्पर्कविहीन भएका हुन् ।

बेपत्ता हुनेमा सुर्खेत बराहताल गाउँपालिका-१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली, ३३ वर्षीय टोपबहादुर खत्री र सुर्खेतको लेकवेशी नगरपालिका-८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।

उनीहरु गाउँदेखि १७ किलोमिटर दक्षिणतर्फ रहेको निकुञ्जतर्फ सिकार खेल्न भन्दै गएका थिए । ९ दिन सम्म नफर्किएपछि परिवार खोजि गरिदिन भन्दै प्रहरीकहाँ पुगेको थियो ।

उनीहरुको खोजी कार्य जारी रहेको सुर्खेत प्रहरीले जनाएको छ ।