बर्दियामा ‘नागरिकता नपाएर युवतीले आत्महत्या गरेको’ घटना छानबिन गर्न समिति गठन

बर्दियामा ‘नागरिकता नपाएर युवतीले आत्महत्या गरेको’ घटना छानबिन गर्न समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बर्दियाकी एक युवतीले नागरिकता नपाएकै कारण आत्महत्या गरेको भनिएको घटनामाथि छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।

आइतबार सचिवस्तरीय निर्णय गर्दै, सहसचिव सुरेश पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानबिन समिति बनाइएको हो ।

समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्न आदेश दिइएको छ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई हिजो प्रधानमन्त्रीले घटनाको यथार्थ छानबिन गर्न निर्देशन दिएकी थिइन् ।