काठमाण्डु – पछिल्लो ६ घण्टादेखि लगातार वर्षा भइरहेको र यो क्रम अझै जारी रहेकोले बर्दिया, कैलाली र कञ्चनपुरका केही क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
लगातार वर्षाका कारण कान्द्रा, मोहना, खुटिया, सुहेली, चौधरा र साना खोलाहरुमा आकस्मिक बाढी आउनसक्ने र होचा ठाउँमा डुबान हुन सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरको छ।
देशभर शुक्रबारको मौसममा सामान्य बदली रहनेछ । बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षा र मेघगर्जन,चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।




प्रतिक्रिया