बर्दिया क्वारेन्टिनमा मृत्यु हुनेको रिपोर्ट नेगेटिभ

बर्दिया क्वारेन्टिनमा मृत्यु हुनेको रिपोर्ट नेगेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजापुर – बर्दियाको गुलरिया नगरपालिकामा रहेको बबई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा मृत्यु भएका एक व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको पिसिआर रिपोर्ट आज नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

अछामबाट मजदूरी गरी फर्किएका गुलरिया नगरपालिका –९ का ५५ वर्षीय पुरुषको बुधबार क्वारेन्टिनमा मृत्यु भएको थियो ।