काठमाण्डु – भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवाले र माओवादी केन्द्रका नेता वर्षमान पुनबीच भेटवार्ता भएको छ । चौथाईवालेलाई भेट्न पुन विहान ८ः२५ मा होटल मेरियट पुगेका थिए । पुन यसअघि अर्थ र उर्जामन्त्री थिए ।
भारतीय सत्तारुढ दलका नेतालाई भेट्न पुन उनि बसेकै होटल पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेता पुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका विश्वासपात्र हुन।
नेपाल भ्रमणमा रहेका चौथाईवालेले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसंग भेटवार्ता गरेका थिए ।




प्रतिक्रिया