कास्कीमा २४ घण्टामा १९४ मिलिमिटर वर्षा, ३ जिल्लामा भारी वर्षा मापन

कास्कीमा २४ घण्टामा १९४ मिलिमिटर वर्षा, ३ जिल्लामा भारी वर्षा मापन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा भइरहेको छ ।

मौसम विज्ञान विभागको बाढी महाशाखाका अनुसार पछिल्लो २५ घण्टामा देशका ६ स्थानमा भारीदेखि अति भारी वर्षा भएको हो ।

महाशाखाका अनुसार अनुसार पछिल्लो २४ घण्टामा कास्कीको लुम्लेमा १९४ मिलिमिटर वर्षा भएको छ ।

यस्तै धनकुटाको त्रिवेणीमा १९५ मिलिमिटर, इलामको माइपोखरीमा १८२, धनकुटाको मछुवाघाटमा १७३, इलामको राँकेमा १६५ र पर्वतमा १५२ मिलिमिटर वर्षा भएको छ ।

महाशाखाले ४ जिल्लाका ६ स्थानलाई रेड अलर्टमा राखेको छ ।

अन्य भारी वर्षा भएका जिल्लामा सिन्धुपाल्चोक, कास्की, पर्वत, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, तनहुँ, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, म्याग्दी, झापामा पनि पछिल्लो २४ घण्टामा भारी वर्षा भएको छ ।