आज यी ६ प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आज यी ६ प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान हिमाली क्षेत्रको आकाशमामा साधारणतया बादल लागेको छ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो हिमाली र पहाडी भेगको आकाशमा साधारणतया बादल लाग्ने तथा बाँकी स्थानमा आंशिक बादल लाग्ने पूर्वानुमान छ।

दिउँसो देशका पहाडी तथा हिमाली भूभागका केही स्थान तथा कोसी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षारहिमपात हुने सम्भावना छ।

यस्तै राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र कोसी प्रदेशका हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी र तराईमा आंशिक बादल देखिनेछ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान तथा बागमती र कोसी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षारहिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।