आइतवार देशभर भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

आइतवार देशभर भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- देशका अधिकांश स्थानमा आइतवार वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। आइतवार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघगर्जन (चट्याङ्ग) हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतवार देशभर वर्षा  हुने भएकाले दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।