काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हावाहुरी सहित वर्षा

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हावाहुरी सहित वर्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँमा हावाहुरी असिनासहित वर्षा भइरहेको छ। देशभर मौसम बदली हुनका साथै केही भू–भागमा मेघ गर्जनसहित वर्षा र सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुन्का साथै अधिकांश भू–भागमा वर्षा रहेको महाशाखाले जनाएको छ। हाल काठमाडौं उपत्यका लगायतका देशका केही भागमा असिनापानीसहित हावाहुरी भइरहेको छ।

महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। यस्तै महाशाखाले जनाए अनुसार आगामी आइतबार सम्मनै देशको पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने र पश्चिमी पहाडी भेगका एक वा दुई स्थान लगायत पूर्वी र मध्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको जनाएको छ।