वर्षमान ३ दिनपछि मात्र नेपाल फर्कने, महासचिवमा माओवादीभित्र यस्तो छ समिकरण

वर्षमान ३ दिनपछि मात्र नेपाल फर्कने, महासचिवमा माओवादीभित्र यस्तो छ समिकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चीनमा उपचार गराइरहेका माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । पुर्व उर्जामन्त्री समेत रहेका नेता पुन आज चीनको सेनजेनमा रहेको थर्ड पिपुल्स हस्पिटलबाट डिस्चार्ज भएपनि उनि ३ दिनपछि मात्र नेपाल आउने भएका हुन ।

जण्डिसको रोगबाट लामो समयदेखि पिडित नेता पुन पूर्ण रुपमा स्वस्थ भएर फर्कन लागेका हुन ।

माओवादी केन्द्रको महाधिवेशनमा महासचिवको दावेदार रहेका नेता पुन फर्केपछि पार्टीले पदाधिकारी चयन गर्ने तयारी गरेको छ । माओवादी केन्द्रको अध्यक्षमा सोमबार पुष्पकमल दाहाल सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित भएका छन । त्यसैगरी २ सय ३६ जना केन्द्रीय सदस्यहरुको सपथ समेत भइसकेको भएपनि पदाधिकारी भने पुस २५ मा चयन हुने भएको छ ।

माओवादीमा पुनसहित जनार्दन शर्मा र शक्ति वस्नेत महासचिवका दावेदार छन् । महासचिवमा देव गुरुङका नाममा सर्वसम्मत गर्ने कोसिस भएपनि उक्त प्रयास असफल भएको छ ।

नेता शर्माले आफुलाई महासचिव बनाउनुपर्ने नभए निर्वाचनमा जानुपर्ने अडान लिंदै आएका छन् । नेता पुन बस्नेतलाई महासचिवमा मान्न तयार भएर उपाध्यक्ष बस्न सहमत भएपनि शर्माले भने कुनै पनि हालतमा निवार्चनमा जानुपर्ने अडान लिएका थिए ।

माओवादी केन्द्रमा बस्नेतको पक्षमा पुनसहित अधिकांश नेताहरु छन् । नेताहरु कृष्णबहादुर महरा,अग्नी सापकोटा,हरिबोल गजुरेल,देवेन्द्र पौडेल,राम कार्की,हितराज पाण्डे र चक्रपाणी खनाललगायतले तेस्रो विकल्पमा जान अध्यक्ष दाहाललाई सुझाव दिएका छन् ।

निर्वाचन भएको अवस्थामा बस्नेत र पुनमध्ये एउटा र शर्माबीच प्रतिस्पर्धा हुने सम्भावना रहेको माओवादी स्रोतले बतायो । तर, अध्यक्ष दाहाल भने निर्वाचन गर्ने पक्षमा छैनन ।