गृहमन्त्री लेखकले तत्काल राजीनामा दिनुपर्छ : वर्षमान पुन

गृहमन्त्री लेखकले तत्काल राजीनामा दिनुपर्छ : वर्षमान पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेका हुन्।

मानव तस्करीजस्तो गम्भीर आरोप लागेका गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उनीमाथि अनुसन्धान हुनुपर्ने प्रतिपक्षको माग छ।

बैठकको सुरूमा माओवादी केन्द्र सांसद वर्षमान पुन ‘अनन्त’ ले भिजिट भिसा प्रकरणमा अरबौंको भ्रष्टाचार भएको र यसमा राजनीतिक संलनग्ता रहेको आशंका व्यक्त गरे। उनले भिजिट भिसा प्रकरण राजनीतिक संरक्षणबिना सम्भव नभएको टिप्पणी गरेका हुन्।

उनले भने, ‘अख्तियारले मुख्य आरोपी भनेका तीर्थराज भट्टराईलाई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाईएको देखिन्छ। विवादित पृष्ठभूमि भएका र यसभन्दा पहिले पनि विभिन्न अनियमिततामा जोडिएका सहसचिवलाई रोजीछाडी कसरी मालदार भनिने चिनिएको अड्डामा पठाउनुभयो, के साँच्चै मन्त्रीजीलाई ती सहसचिव एकदम स्वच्छ र सक्षम छन् भनेर हो कि कि अन्य कुनै स्वार्थ थियो ? यो अनुसन्धानको विषय हो।’

गृहमन्त्री लेखकलाई अनुसन्धानको लागि तत्काल राजीनामा दिन पुनको आग्रह छ। यसअघि पनि विभिन्न मन्त्रीहरुको बारेमा प्रश्न उठ्दा अहिलेका गृहमन्त्री लेखक तत्कालिन विपक्षमा हुँदा यसरी नै नैतिकताको प्रश्न उठाएको स्मरण गराउँदै पुनले अनुसन्धानकोलागि मार्गप्रशस्त गर्न सुझाव दिए।

बैठकको सुरूमा माओवादी केन्द्र सांसद वर्षमान पुन ‘अनन्त’ ले भिजिट भिसा प्रकरणमा अरबौंको भ्रष्टाचार भएको र यसमा राजनीतिक संलनग्ता रहेको आशंका व्यक्त गरे।

उनले भिजिट भिसा प्रकरण राजनीतिक संरक्षणबिना सम्भव नभएको टिप्पणी गरेका हुन्। उनले भने, ‘अख्तियारले मुख्य आरोपी भनेका तीर्थराज भट्टराईलाई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाईएको देखिन्छ। विवादित पृष्ठभूमि भएका र यसभन्दा पहिले पनि विभिन्न अनियमिततामा जोडिएका सहसचिवलाई रोजीछाडी कसरी मालदार भनिने चिनिएको अड्डामा पठाउनुभयो, के साँच्चै मन्त्रीजीलाई ती सहसचिव एकदम स्वच्छ र सक्षम छन् भनेर हो कि कि अन्य कुनै स्वार्थ थियो ? यो अनुसन्धानको विषय हो।’

गृहमन्त्री लेखकलाई अनुसन्धानको लागि तत्काल राजीनामा दिन पुनको आग्रह छ। यसअघि पनि विभिन्न मन्त्रीहरुको बारेमा प्रश्न उठ्दा अहिलेका गृहमन्त्री लेखक तत्कालिन विपक्षमा हुँदा यसरी नै नैतिकताको प्रश्न उठाएको स्मरण गराउँदै पुनले अनुसन्धानकोलागि मार्गप्रशस्त गर्न सुझाव दिए।