प्रतिपक्षीको प्रतिक्रिया : बलियो सरकारको कमजोर बजेट

प्रतिपक्षीको प्रतिक्रिया : बलियो सरकारको कमजोर बजेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले आशा जगाउने खालको बजेट ल्याउन नसकेको बताएका छन् ।

बिहीबार सरकारले बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले अर्थतन्त्रलाई समग्र रूपले चलायमान बनाउने ढंगले भन्दा पनि नियमित ढंगले बजेट आएको बताए ।

उनले भने, ‘अर्थतन्त्रलाई समग्र रूपले चलायमान बनाउने ढंगले भन्दा पनि जस्तो छ, नियमित गरौं भन्ने खालको नियमित बजेटको रूपमा आएको छ । बलियो सरकार छ, तर आशा जगाउन सकेन । बलियो बजेट आउनुपर्ने हो, त्यस्तो बलियो देखिएन । छरिएर आएको छ ।’

करको विषयमा भने विद्युतीय गाडीमा निरन्तरता गरेर पर्यावरण संरक्षणका कुराले पनि राम्रो काम भएको उनले धारणा राखेका छन् ।