विप्लवलाई वर्षमानको आह्वान: ‘वार्तामा आउनुहोस्, तपाईँसहितका नेतामाथिका मुद्दा खारेज गर्न सकिन्छ’

विप्लवलाई वर्षमानको आह्वान: ‘वार्तामा आउनुहोस्, तपाईँसहितका नेतामाथिका मुद्दा खारेज गर्न सकिन्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा-ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले विगतको जस्तै युद्ध सम्भव नभएकाले शान्तिपूर्ण राजनीतिमा आउन पूर्वसहकर्मी नेत्रविक्रम चन्द ‘विप्लव’ लाई आह्वान गरेका छन्।

गृह जिल्ला रोल्पा पुुगेका पुनले भने, ‘शान्तिपूर्ण राजनीति गर्नुहोस्। जनमत वनाएर सरकारलाई कन्भिन्स गर्नुहोस्, संविधान संशोधन गर्न सकिन्छ। पुरानै तरिकाको युद्धबाट सम्भव छैन।’

विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन अनुरोध गर्दै पुनले वार्तामा बसेर असहमति टुंग्याउन सकिने बताएका हुन्। ‘वार्तामा बस्ने हो भने विप्लव लगायतका नेतामाथिका मुद्दा खारेज गर्न सकिन्छ,’ उनले भने।

मन्त्री पुनले विप्लव नेतृत्वको नेकपाबाट ठाउँठाउँमा हतियार प्रदर्शन, तालिम, केही अपराधिक काम र चन्दा असुली भइरहेको भन्दै आपत्ति जनाए ।

संविधानप्रतिको र विगतको परिवर्तन संस्थागत गर्ने सन्दर्भका असन्तुष्टि वार्ताबाट समाधान गर्न सकिने उनको भनाइ छ। परिवर्तनविरोधी घरेलु र अन्तर्रा्ष्ट्रिय शक्तिबाट विप्लव नेतृत्वको नेकपा प्रयोग हुन नहुने पुनले बताए।