बादलले गृहमा चाहना देखाएपछि वर्षमानले गरे सरकारको नेतृत्वमा दाबी


काठमाडौं– माओवादी केन्द्रमा सरकारको नेतृत्वको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रियसभा सदस्यमा निर्वाचित पार्टीका वरिष्ठ नेता रामबहादुर थापा बादलले गृहसहित सरकारको नेतृत्वमा दाबी गरेपछि पार्टीभित्र विवाद बढेको हो । सुरुमा बादललाई राष्ट्रिय सभा अध्यक्षमा पठाउने माओवादीको तयारी थियो । तर, पछिल्लो समय बादलले सरकारको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् ।

पुर्व अर्थमन्त्री समेत रहेका माओवादी नेता वर्षमान पुनले पनि गृहमन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएका छन् । पुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका विश्वासपात्र मानिन्छन् । पुनले आफुले गृहमन्त्रालय नपाए सरकारको नेतृत्व दिनुपर्ने दाबी गरेको स्रोतको दाबी छ । पुनले आफुले गृहमन्त्रीसहित उपप्रधानमन्त्री पाउनुपर्ने दाबी पार्टी अध्यक्ष प्रचण्डसंग गरेको स्रोेतको दाबी छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्री बनाइदिन भन्दै पार्टीका नेताहरुले चर्को दबाव दिएपछि पार्टी अध्यक्ष प्रचण्डलाई मन्त्री छान्न अफ्ठेरो परेको उनि निकट स्रोतको दाबी छ । माओवादीमा सरकारको नेतृत्व बादललाई दिन सवै नेताहरु तयार भएपनि उनलाई गृहमन्त्रालय नदिन पार्टी नेतृत्वलाई नेताहरुले चर्को दबाव दिएका छन् ।

पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले समेत बादललाई उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा जान सुझाव दिएपछि बादलले आफु गृहमन्त्रीमा जाने चाहना व्यक्त गरेका छन् । पुर्व गृहमन्त्री शर्माले वर्षमानलाई रोक्न बादललाई गृहमन्त्रीमा अघि सारेको माओवादी वृतमा चर्चा छ।
माओवादीमा ओली नेतृत्वको सरकारमा मन्त्री पठाउन प्रत्यक्ष चुनावमा जितेकालाई प्राथमिकता दिनुपर्ने आवाज समेत उठेको छ ।

 

बिहिवार नै मन्त्रालयको भागवण्डा टुंगो लगाएर सांझ मन्त्रिमण्डल विस्तार हुने

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मन्त्रालय बाडफांडबारे सहमती भएको छ । मन्त्रालय भागवण्डाबारे बुधवार प्रधानमन्त्री ओली र प्रचण्डबीच सहमती भएको छ ।

दुवै नेताको सहमतीअनुसार अव मन्त्रालयको संख्या १९ रहने भएको छ । दुवै नेताबीच मन्त्रालयको बाडफांडको लागी विहिवार विहान एक्ला एक्लै भेटवार्ता हुनेछ । मन्त्रालयको भागवण्डा मिलेपछि भोली नै सांझ मन्त्रिपरिषद विस्तार गर्ने योजनामा दुवै पार्टीका नेता छन् ।

यो पनि पढ्नुहोस –

माओवादीमा बादल उपप्रधानमन्त्री, मातृका मन्त्री बन्ने निश्चित

प्रतिक्रिया दिनुहोस
Advertisement