सभामुख चयन प्रक्रिया छिट्टै अगाडि बढ्छः उर्जामन्त्री पुन

सभामुख चयन प्रक्रिया छिट्टै अगाडि बढ्छः उर्जामन्त्री पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पूर्वसभामुख कृष्ण बहादुर महराले नैतिक रुपले राजीनामा दिएर अनुसन्धानमा सहयोग पुर्याएको बताएका छन् ।

शुक्रबार प्रेस संगठन नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले सरकारले जुनसुकै तहमा पुगेको व्यक्तिलाई कारबाही गर्ने उदाहरण प्रस्तुत गरेको बताएका छन् ।

‘नेकपाको दुई तिहाइको सरकार छ । यसलाई गुपचुप गर्छ कि भन्ने जनमानसमा आशंका थियो तर, सरकारले त्यसो गरेन,’ मन्त्री पुनले भने, ‘अपराध गर्नेलाई कानुनले नै पुष्टी गर्छ । सरकारले अपराधीलाई सहयोग गर्दैन ।’

मन्त्री पुनले सभामुखको चयन पक्रिया छिट्टै हुनेमा विश्वास व्यक्त गरे । मन्त्री पुनले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाका कारण सभामुख चयनमा ढिलाइ भएको बताए । ‘महराको थुनछेक बहस र प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाका कारण केही ढिलाई हुन गएको हो । अब छिट्टै सभामुख चयन प्रक्रिया अगाडि बढ्छ’, मन्त्री पुनले भने ।

कालापान, लिम्पीयाधुरा र लिपुलेकबारे सरकारले आधिकारिक रुपमा धारणा सार्वजनिक गरिसकेको बताए । नेपाली भूभागलाई कूटनीतिक माध्यमबाट हल गर्नुपर्ने धारणा राखेका छन् ।