काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन यूएई प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघको वार्षिक सम्मेलनमा सहभागी हुन मन्त्री पुन बिहीबार यूएई प्रस्थान गरेका हुन् ।
मन्त्री पुन नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा पाँच सदस्यीय टोली रहेका छन् । उनले सम्मेलनलाई यही पुस २६ र २७ गते सम्बोधन गर्ने मन्त्री पुनका प्रेस संयोजक दयानिधी भट्टले जानकारी दिए ।
टोलीमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुदन अधिकारीलगायत छन् । अन्तर्रा्ष्ट्रिय नवीकरणीय ऊर्जा संघको सम्मेलन हरेक वर्ष आयोजना हुन्छ । यसमा १२० भन्दा बढी सदस्य राष्ट्र छन् । मन्त्री पुन २८ गते स्वदेश फर्किने छन् ।




प्रतिक्रिया