‘प्रधानमन्त्रीले ऊर्जामन्त्री पुनलाई बर्खास्त गर्न लागेको हल्ला निराधार’

‘प्रधानमन्त्रीले ऊर्जामन्त्री पुनलाई बर्खास्त गर्न लागेको हल्ला निराधार’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं– प्रधानमन्त्री केपी शर्मा ओलीले उmर्जा, सिञ्चाई तथा जलस्रोतमन्त्री वर्षमान पुन ‘अनन्त’ लाई पदबाट बर्खास्तीको तयारी गरेको भन्ने समाचारप्रति मन्त्री पुनको सचिवालयले खण्डन गरेको छ।

भारतबाट आयातित बिजुलीको दरमा अनियमितता गरेको आरोपमा पुनलाई मन्त्रीबाटै हटाउने तयारी भएको केही मिडियामा समाचार सार्वजनिक भएपछि पुनको सचिवालयले विज्ञप्ति जारी गरी भ्रामक र तथ्यहीन भनेको हो।

मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले आइतबार विज्ञप्ति जारी गरी सम्बन्धित पक्षको भनाइबिना आएका त्यस्ता समाचारले सम्बन्धित सञ्चार माध्यमप्रतिकै विश्वासमा आँच आउनेतर्फ सचेत गराएका छन्।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग जोडेर केही अनलाइन मिडियाले उर्जामन्त्री वर्षमान पुनको बारेमा लेखेको समाचारप्रति हाम्रो ध्यानआकर्षण भएको छ।’

साथै प्रधानमन्त्रीज्यूले उर्जामन्त्रीलाई हटाउन लागेको भन्ने समाचारमा कुनै सत्यता नभएको विज्ञतिमा उल्लेख छ। ‘तथ्यहीन समाचार प्रकाशित गरेर चरित्र हत्या नगर्न आग्रह गर्दछौं,’ खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ।