माओवादी नेता पुन सोमबार स्वदेश फर्किदै

माओवादी नेता पुन सोमबार स्वदेश फर्किदै


काठमणडु – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ माघ १० गते स्वदेश फर्किने भएका छन् । बैंकक र चीनको लामो उपचारपछि पुन सोमबार स्वदेश फर्कन लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

चीनको सेञ्‍जेनस्थित थर्ड पिपुल हस्पिटल अफ सेञ्‍जनमा उपचाररत नेता पुन केहि समयअघि अस्पतालबाट डिस्चार्ज भएका थिए । विश्वमै विरलै देखिने जण्डिस (बिलरुविन)को मात्रा बढेर स्वास्थ्यमा समस्या आएपछि गत असोजमा उनलाई थाइल्याण्ड लगिएको थियो ।

त्यहाँ पनि उपचार गर्न हुन सम्भव नभएपछि चीनको सेञ्‍जनमा लगिएको थियो । पुनको सेञ्‍जेन लगेको चौथो दिनदेखि नै स्वास्थ्यमा उल्लेख सुधार हुन थालेको थियो ।