काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । चीनमा उपचार गरेर सोमबार काठमाण्डु फर्किएका नेता पुन मंगलबार विहान खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।
चीनबाट फर्किएपछि नेता पुनले विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा पार्टी महासचिवमा आफ्नो दाबी रहेको बताएका थिए । उनले सहमति र निर्वाचन दुवै प्रतिस्पर्धामा आफु तयार रहेको बताएका थिए।
पुस ११ देखि १९ सम्म चलेको माओवादी केन्द्रको अधिवेशनले अध्यक्ष मात्र चयन गरेको थियो । बाँकी पदाधिकारी चयनका लागि माओवादी केन्द्रले माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ । सो बैठकले निर्वाचन मार्फत स्थायी समिति, पोलिटब्यूरो टुंगो लगाउने माओवादीले जनाएको छ ।
माओवादी केन्द्रमा अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल, नेता देव गुरुङ र शक्तिबहादुर बस्नेतले महासचिवमा दाबी गरेका छन् ।




प्रतिक्रिया