चीनमा उपचार गरेर फर्किए माओवादी उपमहासचिव पुन


काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त चीनमा ४ महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् ।

नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको उडानमार्फत् शुक्रबार नेपाल आएका हुन् । पुनका साथमा पूर्वसभामुख एवं उनकी पत्नी ओनसरी घर्ती पनि स्वदेश फर्किएकी छन्।

पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए । उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो ।

पुनलाई स्वागत गर्न माओवादी केन्द्रका वरिष्ठ नेता एवं उपप्रधान र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरु झक्कु सुवेदी, जयपुरी घर्ती,दुर्गा चापागाईंलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement