काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूको नाराबाजीबीच अर्थमन्त्री वर्षामान पुनले आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण संसदमा पेस गगरेका छन् ।
आजको कार्यसूचीमा हेरफेर गर्दै सभामुख देवराज घिमिरेले अर्थमन्त्रीलाई समय दिएपछि उनले सर्वेक्षण पेस गरेका हुन् ।
बैठकको सुरुका प्रतिपक्षको तर्फबाट राप्रपाका ज्ञानेन्द्र शाहीले बोलेका थिए । उनले गृहमन्त्रीविरुद्ध छानबिन गर्नैपर्ने बताएका थिए ।
ज्ञानेन्द्रले बोल्दा शान्त रहेका पतिपक्षी सांसद अर्थमन्त्रीलाई समय दिनासाथ रोष्टमतिर दौडिएका थिए । अर्थमन्त्री माथि उक्लिने दाउ हेरिरहँदा दुई पक्षबीच सामान्य धकेलाधकेल भएको थियो । तर, अर्थमन्त्री अवरोध छल्दै रोष्टममा पुगेका छन् ।
अर्थमन्त्री पुनले सरकारको आगामी आवको राजश्व र व्ययको अनुमान पेश गर्नुअघि आर्थिक सर्वेक्षण पेस गरेका हुन् । सर्भेक्षणमा उनले गत आवको पूरा अवधि र चालु आवको ८ महिनासम्मको संघ प्रदेश र स्थानीय तहको क्षेत्रगत विकास र सुशासनको अवस्था विश्लेषण गरेका हुन् ।




प्रतिक्रिया